फिल्म । यूवापुस्ताका चर्चित नायक अनमोल केसी सार्वजनिक कार्यक्रममा कमै मात्र देखिन्छन् । उनले अभिनय गरेको फिल्मसंग सम्बन्धित इभेन्ट भन्दा अन्यसमयमा उनलाई भेट्न सहज छैन । त्यसैले उनि देखिने इभेन्ट निकै खास हुन्छ । उनै, अनमोल शनिबार काठमाण्डौमा जारी ‘नाडा अटो शो’मा पुगे । उनी बेनिली बाइकको ब्रान्ड एम्ब्यासडर भएका कारण पनि उनी अटो शोमा पुगेका थिए । अनमोल विगत ३ बर्षदेखि यो ब्रान्डसँग जोडिएका हुन् ।
अनमोल, नाडा अटो शोमा पुग्दा उनलाई हेर्न यूवायूवतीको भिड लागेको थियो । अनमोलको गेटअपले भने धेरैको ध्यान तानेको थियो । उनको हेयरस्टाइल परिवर्तन भएको थियो । केही समय अगाडि ब्रतबन्ध गरेका कारण पनि अनमोलले कपाल काटेका थिए । उनको फरक गेटअपको कारण यो पनि एउटा हुन् सक्छ ।
अर्को भने उनले आफुलाई आउँदो प्रोजेक्टको लागि नयाँ लुक्स दिएको पनि हुन् सक्छ । नायक अनमोल केसीले अभिनय गर्न लागेको फिल्म ‘एन्टी हिरो’को छायांकन सुरु हुन अझै केही समय बाँकी छ । कतै उनको यहिँ फिल्मको लागि नयाँ गेटअप त होइन ? अनुमान प्रसस्त गर्न सकिन्छ । तर अनमोलले छोटो कुराकानीको क्रम यो गेटअपको कुनै कारण नरहेको बताए ।
तस्वीरहरु : आर्यन बिमली













