‘निकै मेहनत गरेकी छु’

फिल्म । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘सरौतो’ पहिलो गीत ‘कुले दाई’ सार्वजनिक गरिएको छ । आउँदो कार्तिक २२ गतेलाई रिलिज डेट तय गरिएको फिल्मको सार्वजनिक लोक शैलीको गीतलाई रुचाइएको छ । गीतसंगै कार्यक्रममा देखाइएको टिजरलाई उपस्थितले रुचाए । रिभेन्जको स्टोरीमा निर्मित फिल्ममा सुमी मोक्तान एक्सन गर्लको रुपमा छिन् । कार्यक्रममा बोल्दै सुमीले आफु तयार हुन् निकै मेहनत गरेको बताइन ।

‘केहि समय अगाडी आएर मलाइ कसैले हिरोइन बन्ने भनेर सोधेको भए मैले एस भन्थे जस्तो लागेको थिएन’ उनले भनिन् ‘मैले यो क्यारेक्टरमा फिट बन्नका लागि हर प्रयास गरेको छु ।’ उनले एक्सनको लागि आफुलाई तयार पार्न निकै समय मेहनत गरेकी थिइन् । फिल्ममा उनले लोक शैलीको गीत ‘कुले दाई’ मा नृत्य पनि गरिन् भने एक्सन पनि गरेकी छिन् ।

बिराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाइ रिभेन्ज स्टोरी भनिएको छ । फिल्ममा सुमी र सन्नीसँगै विजय लामा , युवराज लामा , धिरेन शाक्य, आमिर गौतम , अरुणा कार्की , सुवाङ्गम शाह , लियो ट्यांक , मनिषा पुन मगर , प्रतिक दुलाल , राजेश रोय , मनोज तामांग लगायतको अभिनय रहेको छ ।

फिल्ममा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन , निमेष श्रेष्ठको सम्पादन , कलर प्रविन मानन्धर , ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो , शंकर महर्जनको एक्सन रहनेछ । यसमा राजन राज शिवाकोटी , पुष्पन प्रधान , कमल खत्रीको संगीत रहेको छ भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य , श्रेया सोतांगको स्वर दिएका छन् । काठमाडौँ , सिम्रौनगठ लगायतका तराइको स्थानमा यसको छायांकन गरिएको छ । राजेश रोय क्रिएटिभ निर्देशक रहेको फिल्मलाइ उपत्यकामा गोपाल काजि कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्