फिल्म । केहि समय अगाडी साउन ३० लाई रिलिज मिति तय गदै ‘एमजी रोडैमा’ गीत सार्वजनिक गरिसकेको फिल्म ‘हजार जुनीसम्म’ ले एक हप्ता डेट पोष्टपोण्ड गरेको छ । वितरकसँगको छलफलपछी फिल्म अब भाद्र ६ मा रिलिज हुने भएको छ । ‘हामीले तय गरेको सेड्युल अनुसार काम गर्न केहि ढिलाई भएको र वितरकसँगको छलफलपछी नयाँ डेट तय गरेका हौ’ फिल्म निर्माणमा जोडिएका एक सदस्य अरुण रेग्मीले बताए ।
उनले फिल्मको छिटै नै दोस्रो गीत सार्वजनिक गर्ने समेत जनाए । यसमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, प्रियंका कार्की, सलोन बस्नेतलगायतका कलाकारहरुको अभिनय छ । नाई नभन्नु ल सिरिजका निर्देशक विकासराज आचार्यको निर्देशन रहेको फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । फिल्ममा संचिता लुइँटेल , अनुभव रेग्मी लगायतको पनि अभिनय रहेको छ ।
फिल्ममा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् भने यसमा विशाल चाम्लिङ निर्माता छन् ।












