फिल्म । आज शुक्रबारदेखि फिल्म ‘मिसिङः केटी हराएको सूचना’ प्रदर्शनमा आएको छ । पहाडी समुदायकी केटी र मधेशी समुदायको केटा सामाजिक सञ्जालमार्फत भेटभएपछि निम्तिने घटनाक्रमलाई समेटिएको फिल्ममा नाजिर हुसेन र सृष्टी श्रेष्ठले मुख्य भूमिका निर्वाह गर्नुभएको छ । वृत्तचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर परिचित हुनुभएका निर्देशक दीपेन्द्र गौचनले यो फिल्म निर्देशन गर्नुभएको हो ।
तराईको सौन्दर्य र यसको समृद्ध सांस्कृतिक विविधतालाई समेटेर तयार गरिएको फिल्मलाई प्रदर्शन अगाडि आयोजना गरिएको प्रिमियरमा दर्शकले रुचाएका थिए । यसमा अभिनेता हुसेन राम र अभिनेत्री श्रेष्ठ सीताको भूमिका निर्वाह गरेका छन् । फिल्ममा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौसल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्णलगायत कलाकारले अभिनय गरेका छन्।
ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । फिल्ममा दीपेन्द्र गौचनको लेखन र निर्देशन छ । नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।
फिल्ममा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, रामजी लामिछाने र राजीव कर्णको कोरियोग्राफी छ । फिल्म एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।