फिल्म । आजबाट सर्वाजनिक प्रदर्शनमा आएको फिल्म ‘आप्पा’ ले पुर्व सन्ध्यामा प्रिमियर आयोजना गरेको थियो । फिल्म युनिटसंगै सेलेब्स र मिडियाकर्मीले फिल्म हेरे । फिल्म हेरेर निस्किएका अधिकांस सेलेब्सले यसलाई आफुसंग रिलेट गरेको बताए । ‘फिल्मले भावुक बनाउछ’ अधिकांसको प्रतिक्रियामा यो जोडियो ।
फिल्म हेर्न आइपुगेका मध्य एक थिए , भि – टेन अर्थात समिर घिसिङ्ग । फिल्म हेरिसकेपछि उनले यसलाई युथको कथा भने । ‘फिल्म हेरेर मैले प्यारेन्सलाई मिस गरे , यो फिल्म सबै युथले हेर्नु पर्छ’ उनले भने । उनले फिल्ममा आप्पाले गर्ने मेहनतलाई दर्साईएको बताए । ‘हामीलाई लाग्छ हाम्रो ड्याड , ममले वास्ता गर्दैनन् भन्ने तर हाम्रो लागि उहाले कति गर्नुहुन्छ भन्ने यसमा देखाइएको छ ।’ फिल्ममा आप्पाको भूमिका दयाहाङ राईले निर्वाह गरेका छन् । उनको छोरा बनेका छन् , सिद्धान्तराज तामाङ ।
‘फिल्मले ब्यापार कस्तो गर्छ त भन्न सक्दिन तर एउटा मन छुने फिल्म बने जस्तो लागेको छ’ दयाले भने ‘यसले बाबु र छोराको कथालाई भनेको छ ।’ डेब्यु निर्देशक अनमोलले पनि फिल्मलाई विशुद्ध मनोरंजनको रुपमा लिन आग्रह गरे । ‘फिल्ममा हामीले एउटा कथा भनेका छौ तर शैली कमर्सियल छ’ उनले भने । दार्जि्लिङ देखी सन्दकपुर सम्मको यात्राको कथा रहेको फिल्ममा दयाले बिर्खे नाम गरेको एक ड्राईभरको भूमिका निर्वाह गरेका छन् ।
फिल्म माउन्टेन पिक्चर्स र सिनेमा आर्ट्सको ब्यानरमा निर्माण भएको हो । फिल्ममा तुलसी घिमिरे, अरुणा कार्की लगायतको पनि प्रमुख भूमिका छ । रुदेन सादा लेप्चा निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा माबो चेम्जोङ्ग रहेका छन् । यसमा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन सिनेमामा रहेको छ ।











