आयुष्मान भन्छन् ‘माया बढेर विवाह हुन्छ , विवाहले माया बढाउँने होइन’

फिल्म । अभिनेत्री प्रियंका कार्कीले प्रेमी आयुष्मान डिएस जोशीसँग अघिल्लो वर्ष औठी साटासाट गरिन् । त्यसपछि विवाहको चर्चा सुरु भयो , यो प्रेमिल जोडीको । प्रेम जीवनलाइ इन्गेजमेन्टपछी विवाहमा परिणत गर्ने योजनामा रहेका छन् , आयंका । त्यसो त यिनको विवाह बैशाखमा हुने चर्चा पनि नचलेको होइन तर त्यसपछि चर्चा चल्यो असारको । तर , यो जोडीको विवाह अब फागुनमा हुने चर्चा छ । आखिर किन सर्यो त विवाह ? यस विषयमा आयुष्मान भन्छन् ‘विवाह सरेको होइन , हामीले योजना मात्र बनाएका हौ ।’

उनले विवाह सर्नुलाई यसरी नलिन समेत आग्रह गरे । ‘हामी दुइ परिवारमा छलफल भईरहेको छ , सोचे झैँ सजिलो हुँदैन’ उनले भने । साथै , उनले विवाहले माया बढाउने नभई माया बढेर विवाह हुने समेत बताए । बेलाबाखतमा रिलेशनलाई इङ्गित गर्दै बन्ने ट्रोलले भने उनलाई दिक्क लगाउछ । ‘केहि दिन अगाडी प्रेम दिवसको प्रिमियरमा सहभागी हुँदा पनि एक भिडियो बनाइ नकारात्मक टिप्पणी गरियो’ उनले भने ‘केहि नबुझी सम्बन्धको बरेअ गरिने टिप्पणीले भने दुखि बनाउछ ।’

पछिल्लो समय फिल्म , म्युजिक भिडियो र एडसँगै आयंका फाउन्डेसनको काममा व्यस्त यो जोडीले विवाह भने यसैवर्ष गर्नेछन् । असारमा विवाह नहुने कारण मध्यको एक मौसम पनि भनिएको छ । आउटडोर डेस्टिनेसन वेडीङ्गको सोचाइमा रहेको जोडीले आपसी पारिवारिक सल्लाह र आफन्तको समयलाई मध्यनजर गर्दै साइत निकाल्नेछन् ।

कमेन्ट गर्नुहोस्