फिल्म । केहि समेत अगाडी नै रिलिजको तयारीमा रहेको फिल्म ‘न यता न उता’ ले नयाँ रिलिज डेट घोषणा गरेको छ । प्रेस विज्ञप्ति जारी गर्दै फिल्म आउँदो श्रावन १७ गते रिलिज हुने जानकारी गराइएको छ । गत वर्षको माघ २५ रिलिज हुने भनिएता पनि अन्तिम समयमा प्राविधिक कारण देखाउदै फिल्मले रिलिज पोष्टपोण्ड गरेको थियो । त्यसपछि रिलिज डेट मिलाउदै गर्दा श्रावनको पुगेको निर्माण पक्षको भनाइ छ । रिलिज डेट घोषणासँगै यसको टाइटल ट्रयाक पनि रिलिज गरिएको छ ।
सार्वजनिक‘न यता न उता’ बोलको शिर्ष गीतलाई सुरज विक्रम थापा ‘बुलेट फ्लो’ले कम्पोज गरेको गीतमा सुरजसँगै प्रिति कौरले स्वर रहेको छ । गीतमा मुख्य कलाकार मिस्टर प्रिन्स, मिराज रोश, समिर दिक्षित, नम्रता सापकोटा, प्रिति कौरलाई फिचर्ड गरिएको छ । भिडियोलाई शिशिर घर्तिले कोरियोग्राफी गरेका हुन् । फिल्ममा मिराज रोश र समिर दीक्षित मुख्य भूमिकामा छन् । यी दुइले दिलममा लण्डनमा बस्ने नेपालीको भूमिका निर्वाह गरेका छन् ।
समीर र मिराजसँगै ऋचा शर्मा , छुल्ठिम गुरुङ, बुद्धि तामाङ , रविन्द्र झा , नम्रता सापकोटा , कमलमणि नेपाल , राजाराम पौडेल , जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, अनु दाहाल, लुनिभा तुलाधार, अन्ना देउजा, सान्तना भट्टराई, भिमा मैनाली, राजन खतिवडा, सागर ढकाल, पवन ढकाल, विशारद बस्नेत, राजन मुकारुङ , जयनन्द लामा, सिल्सा जिरेल लगायतको अभिनय रहेको छ । कमेडी जनरमा तयार फिल्मलाई मिराज र विशारद बस्नेतले संयुक्त रुपमा निर्देशन गरेका हुन् ।
रिना लामा कार्यकारी निर्माता रहेको फिल्ममा अमित अर्याल, बिजय अवाले, बिनिता अधिकारी, डाक्टर निराजन प्रधान ,बेनकण्ठ माकाजु , प्रतिक कर्माचार्य लगायतको लगानी रहेको छ । यसमा राजन इशान र मिलन जलानको संगीत, विक्रम स्वारको कोरियोग्राफी, अरोन अशोक कुमारको छायाँकन, निदेशक मिराज रोशको कथा, अभिमन्यु निरबीको पटकथा तथा सवांद, विपिन मल्लको सम्पादन रहेको छ ।












