सङ्गीत । नयाँ नेपाली म्युजिक भिडियो ‘धेरै दिन’ सार्वजनिक भएको छ। यस गीतका रचनाकार तथा सङ्गीतकार महेश खड्का हुन् भने सुशीला बस्नेत तिमिल्सिनाको स्वर रहेको छ । मिनाक्षी कोइरालाको निर्देशनमा बनेको यसको भिडियोमा यशराज गराच र आकृति बस्नेतले अभिनय गरेका छन् । छायाङ्कन दिनेश पराजुलीले गरेका छन् भने नृत्य निर्देशन प्रशान्त मगरले गरेका छन् । प्रवीण भट्टको सम्पादन रहेको छ ।
गायिका सुशीला लामो समयदेखि प्रवासमा रहेर पनि नेपाली गीत–सङ्गीतलाई निरन्तरता दिएकी छन् । गायिका तिमिल्सिनाले ‘धेरै दिन’ सार्वजनिक गर्दै दर्शकप्रति आभार व्यक्त गरेकी छन् । उनले अघिल्लो गीतमा प्राप्त माया र समर्थनप्रति धन्यवाद दिँदै यो गीतलाई पनि उत्तिकै माया दिन आग्रह गरिन् । उनले भनिन्,‘मेरो सानो प्रस्तुतिले माया पाउनेछ भन्ने आशा गरेकी छु । सुझावलाई माया सम्झेर स्वीकार्ने छु ।’
कमेन्ट गर्नुहोस्










