आत्मविश्वासी सुगम

संगीत । सुगम पोखरेल आफुलाई वानएमबी भन्नु रुचाउछन् । यसको अर्थ ‘वान म्यान ब्याण्ड’ हो । किनकी उनले शब्द रचना गर्नुका साथै आफैले धुन कम्पोज पनि गर्छन अनि उनलाई गायक भनेर नचिन्ने त कमै छन् । साथै उनले मिक्सिङका कामहरु थोर बहुत पनि गर्छन । यिनै सुगमले आफुलाई निरन्तर रुपमा सफल बनाउदै अगाडी बढिरहेका छन् ।

तर , जसरि उनि सफल भए एक समयले उनले आफ्नो स्टारडम थाम्न सकेनन् । ‘एउटा विन्दुपछी के त भन्ने हुँदो रहेछ त्यसैले मैले बाटो विराए’ सुगम भन्छन् ‘त्यो बेला सायद म पैसाको लागि मात्र काम गर्ने अहिले कर्म सम्झेर काम गर्छु ।’ उनि आफैले पनि ड्रग्स र अल्कोहलको लतमा नराम्रोसँग फसेको स्वीकार्छन् । ‘म युजर थिए तर कहिले बेच्ने काम गरिन’ उनले भने । सुगमले मिडियामा आएको जस्तो आफु रिह्याबमा समेत नबसेको बताए । ‘म मिडियामा आए जस्तो विक्रेता र सुधार केन्द्रमा बसेको छैन , यी हल्ला मात्र हुन्’ उनले भने ।

उनि छिटै ‘एन्टीड्रग क्यापेन’मा जुट्दैछन् । ‘मैले त्यो दलदलमा पुगेपछि अब त्यहाँबाट निस्किने कुरालाई सिकाउँन सक्छु’ सुगम भन्छन् ‘यो आत्मविश्वासी सुगम भएको नै त्यहि कारणले हो ।’ उनले आफुले निर्धक्क भएर भन्न सक्ने भएको बताए । उनले स्टारडम र बढ्दो लोकप्रियता ह्यान्डल गर्न नसकेको समेत सुनाए । उनले पप गीत मार्फत आफुलाई चिनाए भने पछिल्लो समय पार्श्वगायनमा स्थापित नै भए । उनले सुरज सिंह ठकुरीको च्याट शो ‘इट्स माई शो’ यी सब कुराकानी गरेका हुन् ।

कमेन्ट गर्नुहोस्