फिल्म । हरर फिल्म ‘घर’ श्रावन ३ मा रिलिज हुने भएको छ । फिल्मका निर्माता मध्यका एक दिपेन्द्र के खनालले सामाजिक सञ्जाल फेसबुक मार्फत फिल्मको डेट घोषणा गरेका हुन् । डिएस डिजिटलको निर्माण रहेको फिल्ममा शर्मिला पाण्डे निर्मात्री छिन भने सन्तोष अधिकारी सह निर्माता रहेका छन् । ‘फस्ट लुक पोष्टरसँगै रिलिज डेट घोषणा गरेका छौ’ दिपेन्द्रले लेखेका छन् ।
फिल्ममा अर्पण थापा , सुरक्षा पन्त र बेनिषा हमाल लिड रोलमा छन् । यसमा लेखन तथा निर्देशन अर्पणकै छ । उनको निर्देशनमा पछिल्लो समय हरर जनराकै फिल्म ‘सुनकेसरी’ आएको थियो । सुनकेसरी अगाडी आधा लभ र मुखौटाको निर्देशन गरिसकेका अर्पणले आफुलाई स्टोरी टेलर भन्न रुचाउछन ।
कमेन्ट गर्नुहोस्











