हरि र नीरुता सेफ बनेपछि (फोटो फिचर)

471 Shares

फिल्म । सार्वजनिक पहिलो गीत ‘भिजिट भिसामा’ को सफलतापछी फिल्म ‘दाल भात तरकारी’ युनिटले दोस्रो गीत सार्वजनिक गर्ने तयारी गरिरहेको छ । दोस्रो गीतको सार्वजनिक केहि तस्वीरमा फिल्मका दुइ कलाकार हरिवंश आचार्य र नीरुता सिंहलाई सेफको लुक्स दिइएको छ । फिल्ममा दर्शकले यी दुइलाई जोडीको रुपमा देख्न पाउनेछन् ।

सार्वजनिक तस्वीरले नै फिल्मको टाइटल गीतलाई प्रतिक्षित बनाउनेमा दुइ मत नहोला साथै गीतकै भावअनुसार कलाकारलाई प्रस्तुत गरिएको यसै फिल्म मार्फत निर्देशकको रुपमा उदाउने तयारीमा रहेका सुदन केसीले बताए । ‘टाइटल गीत हो त्यसैले भाव अनुसारनै कलाकारलाई प्रस्तुत गरेका छौ’ सुदनले भने ‘हरि अंकल र नीरुता दीदीको केमेष्ट्री लोभ लाग्दो नै छ ।’

गीतमा यी दुइसँगै पुष्प खड्का , आँचल शर्मा लगायत पनि फिचर्ड छन् । गीतमा हरिवंशकै शब्द रहेको छ भने यसलाई शम्भुजित बास्कोटाले संगीत दिएका छन् । यसमा राजेश पायल राई र स्मिता दाहालको स्वर रहेको छ । पोखराको रमणीय दृश्यमा छायाँकन गरिएको गीतलाई प्रविन सिंहले कोरियोग्राफ गरेका हुन् । मह संचारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेका फिल्ममा मदनकृष्ण श्रेष्ठ , शिवहरी पौडेल , बसुन्धरा भुषाल , विल्सन विक्रम राई , वर्षा राउत लगायत मुख्य भूमिकामा छन् ।

Facebook Comments