फिल्म । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ लाई शुक्रबार आँखाको ज्योति गूमाएका ४० बढीले हेरे । राजधानी स्थित गोपीकृष्ण हलमा कपनमा रहेको नेत्रहीन छात्रावासका आँखाको ज्योति गुमाएकासंगै फरक क्षमता भएका फिल्म हेर्ने आइपुगेका थिए । उनीहरुले फिल्म प्रदर्शन भएको थाहा पाएपछि फिल्म हेर्न आएका हुन् । उपस्थित दर्शकलाई फिल्म कस्तो लाग्यो भनेर प्रतिक्रिया लिन फिल्मका कलाकार सलोन बस्नेत पनि पुगेका थिए ।
सलोनले प्रतिक्रिया लिदै गर्दा धेरैले उनको अभिनयको तारिफ पनि गरे । अरुलाई समेत प्रेरणा दिने दृष्टिविहीनले फिल्मको तारिफ गर्दा सलोन दंग थिए । साथै प्रतिक्रिया लिईसकेपछी सलोनसंग फिल्म हेरेर निस्किएका दर्शकले सेल्फी लिए । फिल्म हेरेर निस्किएका दर्शकको बीचमा घेरिएका सलोनले आफ्नो सम्पति नै दर्शकको माया हो भन्दै प्रतिक्रिया दिईरहेका थिए । आउनुस तस्वीरमा हेरौ सलोनसंग दर्शकको सेल्फी । तस्वीरहरु : आर्यन बिमली













