ताप्सी भन्छिन् ‘अवार्ड मेरो कुण्डलीमा छैन’

फिल्म । सन् २०१६ मा रिलिज भएको फिल्म ‘पिंक’ लाई समिक्षकले मात्र होइन दर्शकले पनि रुचाए । फिल्ममा अमिताभ बच्चन र ताप्सी पन्नुको भूमिकालाई तारिफ गरियो । फिल्म रेपको घटनासँग सम्बन्धित थियो । उक्त फिल्ममा जबर्जस्त देखिएको अमिताभ र ताप्सीको केमेष्ट्रीलाई दर्शकले ‘बदला’ मा पनि रुचाएका छन् ।

फिल्मले राम्रो कलेक्सन मात्र गरेन , समिक्षाको मन पनि जित्यो । तर , ताप्सी भने खुसि छैनन् । उनले एक अन्तर्वार्ताको क्रममा अवार्ड नपाएको गुनासो गरेकी छिन् । पछिल्लो समय समिक्षकलाई हुने र मसला दुवै किसिमको फिल्ममा अभिनय गरेकी ताप्सीले अवार्ड भने न पाउँदा दुखेसो पोखेकी हुन् ।

‘मेरो कुनै फिल्मलाई क्रिटिक्सले रुचाए भने कुनैलाई समिक्षकले तर कुनैबाट पनि अवार्ड पाइन्’ उनले अन्तर्वार्ताको क्रममा भनिन् ‘पहिला नयाँ थिए अ, अहिले पनि अवार्ड पाउँदिन सायद यो मेरो कुण्डलीमा नै छैन ।’ उनले अब अवार्ड पाउने ईच्छा पनि मरेको बताइन । पछिल्लो समय एकपछि अर्को फिल्म मार्फत ताप्सीले दर्शकको मन जितिरहेकी छिन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्