आउँदो दसैँमा ‘भष्मे डन’

फिल्म। समीक्षात्मक र व्यवसायिक रुपमा सफल फिल्म ‘पशुपति प्रसाद’मा अभिनेता विपिन कार्कीले निभाएको चर्चित पात्र भष्मे डनको कथालाई अगाडी बढाउने गरि नयाँ फिल्म निर्माण हुने भएको छ। ‘भष्मे डन’ नाम दिइएको फिल्म स्पिन अफ हो वा होइन भन्ने विषयमा खुलाइएको छैन। यद्दपि फिल्म निर्माण हुनेसँगै आउँदो दसैँमा प्रदर्शन हुने समते घोषणा गरिएको छ।

फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । आइतबार निर्माण टिमले उनीसँग कागजी सम्झौता गरेको हो । यसअघि फिल्ममा अभिनेताद्वय विपिन कार्की र सौगात मल्ल अनुबन्धित भइसकेका छन् । दीपेन्द्र के. खनालको निर्देशन रहने फिल्मको कथा खगेन्द्र लामिछानेले लेखिरहेका छन् ।अहिले स्क्रिप्ट ‘रि-राइट’को चरणमा रहेको निर्देशक खनालले जानकारी दिए ।

फागुन १२ गतेबाट फिल्मको छायांकन सुरु हुनेछ । ‘पशुपति प्रसाद’ जहाँ अन्त्य भएको थियो त्यहीँबाट ‘भष्मे डन’को कथा उठान हुनेछ । पशुपतिनाथ क्षेत्रमा छायांकन हुने फिल्ममा रविन्द्र सिंह बानियाँको पनि अभिनय रहनेछ । दीपेन्द्र र खगेन्द्रले मिलेर फिल्मको निर्माण गर्नेछन् ।

कमेन्ट गर्नुहोस्