‘ऊनको स्वीटर’ का सबै गीत करोड क्लबमा

फिल्म । नेपाली फिल्म उद्योगमा फिल्म ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान कायम गरेको छ । प्रदर्शनको ३७औँ दिनमा पनि सफलतापूर्वक चलिरहेको यो फिल्मका सम्पूर्ण गीतहरूले युट्युबमा करोड क्लबमा स्थान बनाएका छन् ।

साङ्गीतिक पक्षको यो अभूतपूर्व सफलताले फिल्मको म्युजिक एल्बमलाई सुपरहिट बनाएको छ। हालै ‘चाइनेजो जिन्दगानीमा’ बोलको गीतले १ करोड भ्यूज कटाएसँगै यो ऐतिहासिक उपलब्धि हासिल भएको हो । समाचार तयार पार्दासम्म ‘फूलहरू मुस्काउँछन्’ले २ करोड १० लाख (२१ मिलियन), ‘मखमली’ र ‘काफ्ले’ले समान १ करोड ३० लाख (१३ मिलियन), र ‘चाइनेजो जिन्दगानीमा’ले १ करोड (१० मिलियन) भ्यूज प्राप्त गरेका छन्।

आर्टमाण्डु परिवारले दर्शक र श्रोताप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन् छन्। वि.सं. २०८२ को पहिलो सुपरहिट फिल्म बनेको ‘ऊनको स्वीटर’ हाल नेपालभरका दर्जनौँ हलहरूका साथै अमेरिका, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, युरोप, र मध्यपूर्वमा प्रदर्शन भइरहेको छ। फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेललगायतका कलाकारको अभिनय रहेको छ।

कमेन्ट गर्नुहोस्