संगीत । शंकरलाल श्रेष्ठको स्वरमा ‘माया त लाउने हो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । आईतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।सार्वजनिक गीतमा निर्देशक दयाराम दाहालको शब्द तथा संगीत छ । भिडियोमा अभिनेता दीलिप रायमाझी र नायिका मरिश्का पोखरेलले अभिनय गरेका छन् ।
फिल्ममा समेत नृत्यका लागि माहिर मानिने दीलिप भिडियोमा देखिएका छन् । गायक शंकरलालको यो दोस्रो गीत हो । २०५४ सालमा पहिलो गीत गाएका शंकरलाले धेरै वर्ष गीत संगीतबाट टाढा रहेपनि आउँदा दिनमा यो क्षेत्रलाई निरन्तरता दिने बताए । निर्देशक तथा कोरियोग्राफर लिगेश भट्टराईले भिडियोलाई सक्दो राम्रो बनाउने प्रयास गरेको बताए । वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा दीलिप र मरिश्काको जोडी सुहाएको प्रतिक्रिया प्राप्त भएको थियो ।










