डेब्यु गर्ल मलिका भन्छिन् ‘छायाँकनकै क्रममा यात्रा गरे’

फिल्म । आउँदो चैत्र २९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ मार्फत डेब्यु गर्दैछिन् , मलिका महत । डेब्यु फिल्म मार्फत नै उनले चर्चा बटुल्दैछिन् , कारण उनको स्विटनेस । सार्वजनिक भिडियो सामग्री मार्फत उनलाई धेरैले रुचाइरहेका छन् । सलिन मान बनियाको को-स्टार बनेकी मलिकालाई यात्राले नै यात्रा गराएको हो । काठमाण्डुकी मलिकाले अन्तर्वार्ताको क्रममा फिल्मकै छायाँकनको लागि पोखरा पुगेको बताइन । ‘ म पढाईमै व्यस्त निकै कम यात्रा गर्थे’ उनले यात्रा अनुभव साट्दै भनिन् ‘छायाँकनकै लागि पहिलो पटक पोखरा , सोलुखुम्बु लगायतका रमणीय स्थानमा पुगे ।’ फिल्मकै कारण नेपाल घुम्न पाएकी मलिकालाई फिल्ममा सलिन छन् भन्ने पनि थाहा थिएन् , किनकी निर्माण पक्षले यसलाई गोप्य नै राखेको थियो । ‘मलाइ कथाले नै तानेको हो किनकी अन्य को-स्टारको बारेमा जानकारी थिएन ।’

फिल्ममा उनले तपस्याको भूमिका निर्वाह गरेकी छिन् । ‘मलाइ अभिनयमा रुची थियो तर यति छिटै फिल्ममा आउंछु भन्ने सोचेकी थिइन्’ उनि भन्छिन् ‘डेब्यु फिल्ममै केहि चुनौती पनि लिएकी छु , आश छ दर्शकको विश्वास जित्ने छु ।’ फिल्ममा उनी दुबै आँखा देख्न नसक्ने यूवतीको भूमिकामा छिन् । उनलाई यो भूमिकामा काम गर्न अप्ठ्यारो लागेपनि चुनौती भने लिन तयार भएको सुनाउँछिन् । फिल्मनगरीले नै सम्भावना बोकेको नायक रुपमा हेरेको एक्टर सलिन फिल्ममा भ्ग्लरको भूमिकामा छन् । उनले डेब्यु फिल्म मार्फत नै आफ्नो स्टारडम बनाइसकेका छन् ।

फिल्ममा डेब्यु गर्ल मलिका र सलिनसँगै , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , देशभक्त खनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह- निर्माता रहेका छन् ।

फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन् । फिल्ममा प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेकोछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेकोछ ।

कमेन्ट गर्नुहोस्