फिल्म । पछिल्लो समय सलोन बस्नेत एकपछि अर्को फिल्ममा व्यस्त छन् । बाल कलाकार देखि नै अभिनय यात्रा सुरुवात गरेका सलोन यतिबेला प्राय निर्माता तथा निर्देशकको नजरमा पर्ने गर्छन् । निर्देशक शोभित बस्नेतका छोरा सलोन झैँ उनकी बहिनि जान्वी बस्नेत विस्तारै आफुलाई स्थापित गर्ने दौडमा छिन । निर्देशक तथा कलाकार जय किसन बस्नेतकी छोरी जान्वीले आश गरेको पछिल्लो फिल्म हो , ‘यात्रा : अ म्युजिकल भ्लग’ । गत सोमबार राजधानीमा ट्रेलर सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा उनले टिमसँग जोडिन पाउँदा खुसि लागेको बताइन ।
साथै , उनले सलोनसँग पनि पहिलो पटक स्क्रिन शेयर गर्दैछिन् । ‘मलाइ दादासँग काम गर्न पाउँदा निकै खुसि लागेको छ’ उनले भनिन् ‘यात्राले मलाइ धेरै सिकाएको छ भने यसमा सक्दो मेहनत गरेकी छु ।’ फिल्ममा डेब्यु फिल्म मार्फत नै राइजिङ स्टारको ट्याग पाएका सलिनमान बनिया छन् । उनकै कारण फिल्म प्रतिक्षित छ । यात्रामै आधारित विषयवस्तुमा आधारित फिल्ममा उनि भ्ल्गिस्टको भूमिकाछन् । सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्ममा सलिनसँगै , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , देशभक्त खनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसैफिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दै्िछन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ ।
फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह- निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् ।
फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन् । फिल्ममा प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेकोछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेकोछ । फिल्ममा श्रीधर पौडेलको फोटोग्राफी रहेको छ भने यसमा पब्लिसिटी डिजाइनरको भूमिका टौवा क्रिएसनले निर्वाह गरेका छन् ।
तस्वीरहरु : आर्यन बिमली











