केदारनाथ निर्देशकको फिल्ममा इशान

फिल्म । बलिउडमा गत वर्ष फिल्म ‘धडक’ मार्फत उदाएका इशान खट्टरले आफ्नो फ्यान फ्लोअर्स बढाईरहेका छन् । डेब्यु फिल्म मार्फत नै आफुलाई स्थापित गरेका इशान अभिनय र नृत्यको कारण चर्चामा छन् । यिनै इशानले नयाँ फिल्ममा काम गर्दैछन् , जुन सत्य घटनामा आधारित हुनेछ । उनले पछिल्लो समय जम्मु कश्मिरको पुलवामा भएको आक्रमणको कथामा निर्माण हुने फिल्ममा अभिनय गर्नेछन् ।

यसलाई अभिषेक कपुरले निर्देशन गर्नेछन् । अभिषेकले निर्देशन गरेको फिल्म ‘केदारनाथ’ लाई दर्शकले रुचाएका थिए भने बक्स अफिसमा सफल भएको थियो । मेकिङका कारण चर्चामा आएको अभिषेकले आफ्नो प्रस्ताव इशानलाई राखिसकेका छन् । इशान पनि पोजेटिभ नै देखिएका छन् । यसैले गर्दा पनि पुलावा घटनाको विषयमा बन्ने फिल्ममा इशानले अभिनय गर्ने लगभग तय भएको छ । फिल्ममा इशानले पुलिसअफिसरको भूमिका निर्वाह गर्न सक्नेछन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्