फिल्म । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘दाल भात तरकारी’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । फिल्मका सम्पूर्ण गीतलाई लेखक तथा कलाकार हरिवंश आचार्यले तयार गरेका हुन् । आयोजित कार्यक्रममा उनले गीत रचना गर्दाको पललाई सम्झीए । ‘अमेरिका नातिलाई भेट्न पुग्दा नै मैले फिल्मको तिन वटै गीत रचना गरेको हु’ उनले भने ‘नाति भेट्न पुग्दा नै यी रमिला गीत तयार गरे ।’
उनले रिलिज गरिएको शिर्ष गीत भने मर्निङ वाकको समयमा तयार गरेको बाताए । ‘म र मेरी श्रीमती मर्निङवाकमा निस्किएको समयमा झन्डै एक घण्टामा यो शिर्ष गीत तयार गरेको हु’ उनले भने ‘गीतको शब्द कोर्दा नै केहि भिजुअल देखेको थिए र त्यसलाई आपसी छलफलमा तयार गरियो ।’ फिल्ममा उनको एकल लेखन रहेको छ भने एकल संगीत शम्भुजित बास्कोटाले तयार गरेका हुन् ।
सार्वजनिक शिर्ष गीतमा राजेश पायल राई र स्मिता दाहालको स्वर रहेको छ भने यसमा हरिवंश र नीरुता सिंहसँगै पुष्प खड्का र आँचल शर्मा फिचर्ड छन् । गीतलाई प्रविन सिंहले कोरियोग्राफ गरेका हुन् । गीतलाई दीर्घ गुरुङले खिचेका हुन् भने यसलाई मित्र गुरुङले सम्पादन गरेका हुन् । ‘गीतलाई कुनै सम्झौता नगरेर तयार गरेका छौ’ डेब्यु निर्देशक सुदन केसीले भने ‘ गीतमा हामीले आफ्नै पन दिने कोसिस गरेका छौ ।’ मह संचारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेका फिल्ममा मदनकृष्ण श्रेष्ठ , शिवहरी पौडेल , बसुन्धरा भुषाल , विल्सन विक्रम राई , वर्षा राउत , राजाराम पौडेल , प्रियंका कार्की , रविन तामाङ लगायत मुख्य भूमिकामा छन् ।












