चैत्र २२ मा प्रेमनाथ

फिल्म । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘प्रेमनाथ’ को पोस्टर तथा ट्रेलर सार्वजनिक गरिएको छ । २५ सय वर्ष अगाडिको पौराणिक प्रेमकथामा निर्माण भएको फिल्मलाई गणेश वेलबासे निर्देशन गरेका हुन् । फिल्मको एक्सन ट्रेलर सार्वजानिक गरिएको छ भने यसलाई दर्शकले चैत्र २२ मा हेर्न पाउनेछन् । ‘प्रेमनाथ’ बाट राज थापा र कृति गौतमले डेब्यु गरेका छन् । उनीहरु फिल्मलाई लिएर उत्साहित छन् ।

गुह्रेश्वरी वेलबासे निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा कपिल प्रसाद द्वा छन् । सुमन कार्की, सुरज पाण्डे र सञ्जय सहानीको संयूक्त छायांकन रहेको फिल्ममा राज र कृतिका अलावा सुरविर पण्डित, गतिज विष्ट, मोनालिसा विष्ट, शेखर जंग मल्ललगायतका कलाकारहरुको अभिनय छ । निर्देशक स्वयं पनि लिड रोलमा छन् ।

कमेन्ट गर्नुहोस्