जयहोस् । दशक अगाडी नेपाल टेलिभिजनबाट प्रशारण हुने टेलिफिल्म ‘तीतोसत्य’ मार्फत स्थापित बनेका दीपकराज गिरी पछिल्लो समय भने ठुलो पर्दामा नै व्यस्त छन् । तात्कालिन हिट कमेडी सिरियलहरु तीतोसत्य , जिरे खुर्सानी र मेरी बासै युनिट एकसाथ फिल्म ‘६ एकान ६’मा देखिएपछी फिल्मलाई दर्शकले रुचाए । त्यसपछि तीतोसत्यमा समेत कम देखिदै ठुलो पर्दामै देखिदै आएका दीपक टेलिफिल्म ‘भद्रगोल’ मा देखिने भएका छन् ।उनि आउदो घटस्थापनमा रिलिज हुने फिल्म ‘छक्का पञ्जा ३’ को प्रोमोसन गर्न ‘भद्रगोल’ मा पुगेका हुन् । ‘फिल्म प्रमोसनको लागि टेलिफिल्ममा पुगेको थिए , घर पुगेको झैँ आभाष भयो’ दीपकले भने ‘पछिल्लो समय फिल्मकै व्यस्तताले गर्दा अन्त समय दिन सकेको छैन ।’ दीपक फिचर फिल्मसँगै इभेन्टमा व्यस्त छन् । शुक्रबार प्रशारण हुदै आएको हास्य सिरियल ‘भद्रगोल’मा यसपटक दर्शकले दीपकसँगै दीपाश्री निरौला र केदार घिमिरेलाई समेत देख्न पाउनेछन् ।