गीतमा गम्भीर र मरिश्का (भिडियो)

संगीत । कोरियोग्राफर गम्भीर विष्टको निर्देशनमा लोक गीत ‘एक मानेको दहि’ सार्वजनिक भएको छ । रविन बर्तौलाको स्वर रहेको गीतमा दिपक शर्माको सगीत रहेको छ भने यसमा अरुण तिवारीले शब्द लेखेका छन् । पछिल्लो समय लोक शैलीको गीतले दर्शक तथा श्रोताको माया पाईरहदा यसगीत मार्फत पनि मेकर आशावादी छन् । गीतमा गम्भीरसँगै मरिश्का पोखरेल फिचर्ड छिन् । गीतलाई रमाइलो शैलीमा तयार पारिएको छ । गीतमा बाबु श्रेष्ठको छायाँकन तथा नविन निरौलाको सम्पादन रहेको छ । गीतलाई सुबोल थापाले कोरियोग्राफ गरेका छन् ।

कमेन्ट गर्नुहोस्