सलमान भन्दा ऋतिक अगाडी

फिल्म । बलिउड अभिनेता ऋतिक रोशन ह्याण्डसम हिरोको लिस्टमा नम्बर वान बनेका छन् । सन् २०१८ को लिस्टमा उनि नम्बर वान पोजिसनमा छन् । टाइम्स म्यागजिनद्वारा सार्वजनिक लिस्टमा सलमान खान र हलिउड स्टार ब्राड पिट पनि ऋतिक भन्दा पछाडी परेका हुन् । गत वर्षको सुरुवातमै ऋतिक अभिनित फिल्म ‘काबिल’ प्रदर्शनमा आएको थियो ।

त्यसपछी उनि अन्य फिल्मको तयारीमा छन् तर फिल्म रिलिज भएको छैन । इन्डियाका सुपरहिरो भनेर समेत ट्याग पाएका ऋतिक आफ्नो आउदो फिल्म ‘सुपर ३०’ को काममा व्यस्त छन् । अभिनयसँगै डान्स र एक्सनको कारण उनि चर्चामा रहने गरेका छन् । टाइम्स म्यागजिनले तयार पारेको लिस्ट यस्तो छ ।

१ ऋतिक रोशन

२ ब्रैड पिट

३ गॉडफ्रे जीए ओ

४ रोबर्ट प्याटिनसन

५ डेनजेल वाशिंगटन

६ उमर बोरकान टू द गाला

७ सलमान खान

८ नूह मिल्स

९ टम क्रूज

१० प्रिन्स विलियम

कमेन्ट गर्नुहोस्