सबै अटाए ‘चौका दाउ’ पोष्टरमा

फिल्म । फिल्म ‘चौका दाउ’ को तिन भिन्न पोस्टर सार्वजानिक गरिएको छ । सार्वजनिक पोष्टरमा फिल्मको पात्रको लुक्स र फिल्मको थिमलाई प्रस्ट्याउन खोजिएको छ । त्यसो त ट्रेलरमा नै फिल्मको यी सब पक्ष आइसकेको छ तर पोष्टर मार्फत पनि फिल्मको थिम र क्यारेक्टरलाई जोडिएको छ । मनोज राजभण्डारी र सौर्यजीत बासकोटाले निर्माण गरेको यसफिल्मलाई पूर्णेन्दु झाले निर्देशन गरेका हुन् ।

फिल्म ‘चौका दाउ हास्यप्रधान सामाजिक प्रेमकथामा आधारित छ । यसमा कथा, संगीत र गायन पनि बासकोटाकै रहेको छ । फिल्ममा वर्षा राउत , सन्तोष पन्त , विल्सन विक्रम राई , तैयव शाह , रविन्द्र झा , निर्मल शर्मा ,अजश्र ढुँगाना, सोनिका केसी, सुनिता श्रेष्ठ ठाकुर, रोशनी सापकोटा, श्याम राई, रमेश अधिकारी लगायतको अभिनय रहेको छ ।

अभिमन्यु निरवीको पटकथा सम्बाद रहेको फिल्ममा छायाँकारमा दीर्घ गुरुङ, सम्पादकमा मित्रदेव गुरुङ, द्धन्द्ध निर्देशकमा रोशन श्रेष्ठ, निर्माण संयोजकमा नरेन्द्र खड्का, नृत्य निर्देशकमा बसन्त श्रेष्ठ र भिमफेदी गाईज, गायनमा शम्भुजीत बासकोटासँगै कोमल राजभण्डारी र सुमन गुरुङ, रंग संयोजकमा भरत रेग्मी, निर्माण ब्यबस्थापकमा सुवास काफ्ले रहेका छन् । सौर्य प्रोडक्सनको व्यानरमा निर्मित यो फिल्मलाई काठमाडौंमा गोपाल कायस्थ र मोफसलमा एफडीले वितरण गर्दैछ ।

कमेन्ट गर्नुहोस्