जिरोबाट हटाइयो विवादित दृश्य

फिल्म । शाहरुख खान अभिनित तथा निर्मित फिल्म ‘जिरो’ प्रदर्शन मिति जति नजिकिदै छ , त्यति नै यसको चर्चा बढ्दो छ । रोमान्स किङ्गको उपनामले बलिउडमा फेमस शाहरुख खान पछिल्लो समय फिल्म ‘जिरो’ मा व्यस्त छन् । फिल्ममा उनि दुई सुन्दरी कट्रिना कैफ र अनुष्का शर्मासँग देखिएका छन् ।

फिल्मको चर्चा जति बढ्दो छ , ट्रेलरले विवाद पनि त्यति नै निम्त्याए थियो । एक दृश्यमा शाहरुखले हाल्फपाइन्टमै कृपाण लगाएका थिए । उक्त दृश्य टिजरमा देखिएपछी शिख समुदायले विरोध गरेका थिए । यससम्बन्धि नै अदालतमा मुद्दा दाएर भएपछी निर्माण कम्पनिले उक्त दृश्यलाई हटाएको बताएको छ ।

‘ट्रेलरमा देखाइएको कृपाण थिएन तर पनि हामीले उक्त दृश्यलाई हटाएका छौ’ निर्माण कम्पनि रेड चिल्लीले अदालतलाई जानकारी गराएको छ । आनन्द एल रायको निर्देशनमा तयार भएको फिल्मलाइ दर्शकले डिसेम्बर २१ मा हेर्न पाउनेछन् ।

कमेन्ट गर्नुहोस्