फिल्म । भारतीय स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा यशराज फिल्म्सद्वारा निर्मित ‘वार २’ प्रदर्शन हुने भएको छ । फिल्मको आज टिजर सार्वजनिक गरिएको छ । अभिनेता ऋतिक रोशन र साउथ इन्डियन सुपरस्टार जुनियर एनटीआर बीचको ‘वार’ लाई फिल्ममा देखाईएको छ । सन् २०१९ मा आएको सुपरहिट फिल्म ‘वार’को सिक्वेलका रूपमा तयार गरिएको यसलाई निर्देशक अयान मुखर्जीले निर्देशन गरिरहेका छन् ।
ऋतिक रोशनको स्टारडम र जुनियर एनटीआरको दक्षिण भारतमा रहेको प्रभावका कारण ‘वार २’ ले व्यापक दर्शक तान्न सक्न्ने अनुमान गर्न सकिन्छ । हिन्दी भाषी क्षेत्रमा ‘वार २’ बलियो देखिएको छ ।
फिल्ममा किआरा एड्वानी पनि छिन् ।
कमेन्ट गर्नुहोस्










