दयारानी : फस्टलुकसँगै रिलिज डेट घोषणा

फिल्म । अभिनेता दयाहाङ राई अभिनित नयाँ फिल्म ‘दयारानी’ को फस्टलुक सार्वजनिकसँगै रिलिज डेट घोषणा गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले अर्को वर्षको जेठ १० गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ । फिल्मको सार्वजनिक फस्टलुकमा दयासँगै दीया पुन देखिएकी छिन ।

‘वीरविक्रम’, ‘ह्याप्पी डेट’र ‘मिस्टर झोले’मा संगै काम गरेका दया र दीया यसफिल्ममा यी दुई श्रीमान र श्रीमतीको भूमिकामा छन् । पोस्टरमा दया रोमान्टिक देखिएका छन् भने दीया लजालु र दयालु देखिएकी छिन् । ‘फिल्मको टाइटलसँग मेरो नामको कुनै सम्बन्ध छैन’ दयाले प्रस्ट्याउदै भने ‘फिल्मको कथाअनुसार नै सोचिएको नाम हो ।

फिल्मलाई अभिनेता माओत्से गुरुङले निर्देशन गरेका छन् । उनको यो डेब्यु निर्देशन हो । ‘फिल्म पारिवारिक कथामै छ’ निर्देशक गुरुङ भन्छन ‘यसमा उताउलो श्रीमान र दयालु श्रीमतीको कथा देखाउनेछौ ।’ उनले फिल्मको नामलाई समेत प्रस्ट्याए । ‘गुरुङ समुदायमा दयालु युवतीलाई दयारानी भनिन्छ’ उनले नामबारे प्रस्ट्याए ।

सिनेमा आर्टस्को ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्देशक स्वयम्ले लेखेका छन् । फिल्ममा दया र दीयासँगै विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् भने यसमा मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्य छ । साथै , यसमा निर्देशकद्वय रामबाबु गुरुङ र अपिल विष्ट कार्यकारी निर्मातामा छन् ।

तस्वीरहरु : आर्यन बिमली
कमेन्ट गर्नुहोस्