यसकारण काठमाण्डौमा छन् मोर्गन फ्रिम्यान

फिल्म । चर्चित हलिउड अभिनेता मोर्गन फ्रिम्यान यतिबेला काठमाण्डौमा छन् । उनि ‘द स्टोरी अफ गड’ नामक टेलिभिजन श्रृङ्खलाको छायांकनका लागि उनी नेपाल आएका हुन् । उनको नेपाल आगमनलाई युनिभर्सिटी अफ नर्थ टेक्ससले आफ्नो आधिकारिक ट्वीटरमार्फत प्रस्ट्याएको छ ।

श्रृङ्खलाको प्रमुख उद्देश्य विश्वभरका मानिसमा रहेको विश्वासले उनीहरुको जीवनम आएको परिवर्तन बुझ्नु रहेकोले उनले नेपाल बसाइको क्रममा विभिन्न ठाउँको भ्रमण गर्नुका साथै फरक-फरक धर्महरुको बारेमा समेत जानकारी लिनेछन् । आस्कार अवार्ड विजेता समेत रहेका फ्रिम्यानले ‘गोइङ इन स्टाइल’, ‘स्ट्रीट स्मार्ट’, ‘ग्लोरी’, ‘द रिडम्पशन’, ‘ब्रूस अलमाइटी’ लगायतका चर्चित फिल्ममा अभिनय गरेका छन् । ८१ वर्षीय यी अभिनेताले छायांकन गर्ने टेलिभिजन श्रृङ्खला नेशनल जियोग्राफि च्यानल मार्फत प्रशारण गरिने छ ।

कमेन्ट गर्नुहोस्