गीतकार उपाध्यायको एकसाथ सात एल्बम सार्वजनिक

फिल्म । पछिल्लो समय गीत लेखनमा आफुलाई अगाडी ल्याउदै गरेका गीतकार डी.आर. उपाध्यायले नेपाली एल्बम सार्वजनिकीकरणमा एकैपटक सबैभन्दा धेरै एल्बम निकालेर नयाँ रेकर्ड राखेका छन् । राष्ट्रकवि माधव प्रसाद घिमिरेको हातबाट एकैपटक सात एल्बम बिमोचन गराएर यो कृर्तिमानी काम गरेका हुन् ।

आइतवार राजधानी स्थित नाचघरमा आयोजित समारोहमा वरिष्ठदेखि कनिष्ठ गीतकार , संगीतकार, गायक गायिका, चलचित्रकर्मी, पत्रकारहरुको वाक्लो उपस्थितीमा उनले सातै वटा एल्बम एकसाथ विमोचन गरेका हुन् । जखम, माउन्टेन मेलोडी,नसालु नजर,जोहो,अन्तराप,प्रतिनाद र सहेली एल्बमलाई उनले एकैसाथ विमोचन गरेका हुन् ।

यसमा बुलु मुकारुङ , सन्तोष श्रेष्ठ र सागर अधिकारीको संगीत छ भने तिन दर्जन गायक गायिकाले संगीतमा स्वर दिएका छन् । विमोचन समारोहमा राष्टकवि माधब प्रसाद घिमिरे र उनकी धर्मपत्नी महाकाली घिमिरेलाई नगद ५१ हजारको थैली सहित स्वर्णपत्र सहित सम्मान गरिएको थियो । साथै संगीतकार राजु सिंहको अगुवाईमा प्रत्यक्ष बाद्यबादन सहित ११ वटा गीत प्रस्तुत गरिएको थियो । ३ वटा म्युजिक भिडियो पनि देखाइएको थियो । डी.आरका गीत सुन्दा उनी बहुआयमिक देखिन्छन् । शब्द केलाउन सिपालु छन् । नेपाली संगीत भन्डारमा राम्रा राम्रा एल्बम दिएर प्रंशसा योग्य काम गरेका छन् ।

कमेन्ट गर्नुहोस्