सलमानले सार्वजनिक गरे ‘भारत’ को क्लाइमेक्स !

बलिउड । पछिल्लो समय बलिउडका भाइजान सलमान खान फिल्म ‘भारत’ को छायाँकनमा व्यस्त छन् । पछिल्लो फिल्म ‘टाइगर जिन्दा है’ सफल भएपछी सलमानले यसफिल्ममा पनि अलि अब्बास जफरसँगै काम गरिरहेका छन् । सलमानले अलिसँग पहिलो पटक ‘सुल्तान’मा काम गरेका थिए । यसले पनि बलिउड बक्सअफिसमा राम्रो कलेक्सन गर्न सफल भएको थियो ।

यिनै सलमान फिल्मको छायाँकन त गरिरहेका छन् , साथै चिन्तित पनि छन् । किनकी सलमानले केहि नयाँ गर्दा ‘ट्युबलाइट’ मा असफल भएका थिए । उनले उक्त फिल्मको जिम्मा एक था टाइगर र बजरंगी भाइजान जस्ता सफल फिल्ममा संगै काम गरेका निर्देशक कबिर खानलाई दिएका थिए । सलमानको नजिकको निर्देशक मानिने अलिलाई उनले फिल्म छोट्याउन सल्लाह दिईरहेका छन् ।

माल्टा र अबुधाबी सेड्युल सकाएका पछी पञ्जाब सेड्युलमा रहेका सलमान एक तस्वीर सार्वजनिक गरेका छन् । जसमा कट्रिना कैफ पनि सँगै देखिएकी छिन । यी दुई आफ्नो भारत देखेर खुसि छन् , संवत यो फिल्मको क्लाइमेक्स हुन् सक्छ । किनकी फिल्ममा सलमान १८ वर्ष देखि ७० वर्षसम्मको गेटअपमा देखिदैछन् । यसमा सलमान पाको उमेरका देखिएका छन् भने कट्रिना पनि साडीमा छिन । फिल्म सन् २०१९ को इदमा रिलिज हुनेछ ।

कमेन्ट गर्नुहोस्