फिल्म । अभिनेत्री मनिषा कोइरालाले नेपालले हालै जारी गरेको राजनीतिक नक्साबारे प्रतिक्रिया दिँदा भारतीय मिडिया तरंगित बन्यो । उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेको नयाँ नक्सा सहितको ट्विटलाई री-ट्विट गरेकी थिइन् । यसलाइ देख्ने वितिकै तत्कालै भारतका केही सत्तापक्षधर मिडियाको रुपमा चिनिएका मिडियाले मनिषाको व्यक्तिगत टिप्पणीमै उत्रिए । उनको ट्विटलाई लिएर विभिन्न खाले भ्रामक खबर फैल्याउन थाले ।
मनिषा माथि भारतीय मिडियाको बढ्दो हस्तक्षेपलाई देखेर नेपाली अभिनेत्रीहरु सपोर्टमा उत्रिएका छन् । मनिषाले ठिक गरेको र कतै गल्ती नरहेको भन्दै नेपाली अभिनेत्रीहरुले सामाजिक सञ्जाल मार्फत ह्यासट्याग सहित आइएम विथ मनिषा कोइराला (#IamwithManishaKoirala) लेख्दै आफ्नो भावना सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् ।
सदाबहार अभिनेत्रीको ट्याग पाएकी करिश्मा मानन्धरले मनिषाले वार्ताको माध्यमबाट समाधान निकालौ भन्ने तार्किक कुरा गरेको लेखेकी छिन् । उनले जारी गरिएको नक्सा नै थिक रहेको जनाउदै मनिषाले ट्विट गरेर केहि गल्ती नगरेको जनाएकी छिन् । उनले फेसबुकमा लेखेको स्टाटस यस्तो छ :- डा. मिनेन्द्र रिजालको कुरा टु दि पोइन्ट लाग्यो , हरेक राजनीतिज्ञले यो अवस्थामा सटिक र आत्माविश्वासका साथ जवाफ दिनुपर्छ । मनिषा जी को भनाइलाई छिमेकी मिडियाले अतिरंजित गरेर प्रचार गरिरहेको छ , वाहाँ ले लेखेको आधा लाइनलाई मात्रै फोकस गरेर प्रचार गरिरहेको छ , वाहाँले त्यो टुइट्को दोस्रो लाइनमा We all are looking forward for a peaceful and respectful dialogue between all three great Nation now . पनि भन्नुभएको छ । बिश्वका जतिसुकै ठुला विवादको अन्त्य हुन अन्ततोगत्वा वार्ता नै तेस्को मध्यम भयेको इतिहास छ। याहाँ नेरी अप्ठ्यारो भएको छिमेकीको हेपाह परवृर्तीलेगर्दा हुनसक्छ ! एउटा अर्को कुरा नक्सा त जारी गरियो , हामी सम्पूर्ण नेपाली खुशी छौ , तर यसलाई संविधान संशोधन गरि हाम्रो संविधान भित्र नक्सा पर्न ढिला गर्नु हुदैन ! संविधानमा त पुरानो नक्सा अनुसार छ । हामी एक ढिक्का भएमा वार्तामा नाआइ दोश्रो उपाय अपनाउन उनिहरुलाइ पनि गाह्रै पर्ला । शुभदिन 😊
करिश्मा झैँ ऋचा शर्मा पनि मनिषाको पक्षमा उभिएकी छिन् । उनले पनि समाजिक सञ्जाल मार्फत मनिषाले भारतमा आफ्नो पौरख र प्रतिभाले नाम कमाएको लेखेकी छिन् । उनले मनिषा बलिउडमा टिक्नुलाई उनको प्रतिभा नै मुख्य रहेकोमा जोड दिएकी छिन् । उनले प्रियंका चोपडाको पनि उदाहरण दिएकी छिन् । ‘प्रियंकाले हलिउडमा आफ्नो स्थान बनाइ रहेकी छिन् , अब के उनले भारतलाई बिर्सिन्छिन् त ?’ ऋचाले सामाजिक सञ्जाल मार्फत प्रश्न पनि गरेकी छिन् । उनले फेसबुकमा पोस्ट गरेको स्टाटस यस्तो छ :- चाहे ‘१९७४ अ लभ स्टोरी’ होस् या ‘दिल से’ वा ‘खामोशी’–– मनीषा कोइरालाले आफ्नो पौरख र प्रतिभाले नाम कमाएकी हुन् । नामसँगै लाखौं प्रशंसक कमाएकी हुन् । भारतकै भूमिमा जन्मिएका कैयन् कलाकारहरू समयसँगै बलिउडको चौघेराबाट हराउँदै गए । तर, मनीषा आजपर्यन्त बलिउडमा दह्रिलो उपस्थिति जनाएर बसेकी छन् । कसैको कृपा र परोपकारले उनी बलिउडमा छाएकी होइनन् । प्रियंका चोपडाले अचेल हलिउडमा राम्रो स्थान बनाइरहेकी छन् । तर, यसो भन्दैमा उनले आफ्नो मातृभूमि भारतलाई बिर्सिएकी छैनन् । समय-समयमा मातृभूमिलाई धन्यवाद दिइरहने प्रियंकालाई भारतले आफ्नो गहना भनेर स्वीकार्छ । सानिया मिर्जाले खुलेर आफ्नो मुलुकको प्रशंसा गरिरहन्छिन् । पाकिस्तानी मिडियाले उनलाई कहिल्यै ‘विदेशी दलाल’ भनेर दुत्कार्दैन । म चाहे बीसौं वर्ष कुनै संस्थामा काम गरूँ– त्यसका हाकिम मेरा लागि सधैं हाकिम हुन्, माता वा पिता होइनन् । तर, म भारतीय मिडियालाई दोष दिन्नँ । मैले कहिल्यै उनीहरूबाट यस्तो दुईपैसे नौटंकीभन्दा बढी आशा गरेकै छैन । उनीहरू समाचार होइन, खोक्रो राष्ट्रवाद बेच्छन् । तटस्थ विचार होइन, समाजलाई भड्काउने नारा बेच्छन् ।
गायिका इन्दिरा जोशीले पनि मनिषाको पक्षमा अडान लिएकी छिन् । उनले भारतमा मेहनतले स्थापित भएर राज गरेकी मनिषाले त्यहाँ कर पनि तिरेको उल्लेख गरेकी छिन् । मनिषा क्यान्सरलाई जित्ने महिला रहेको उल्लेख गर्दै इन्दिराले उनको व्यक्तित्वको प्रसंसा गरेकी छिन् । उनको पोष्ट यस्तो छ :-
Contributed to bollywood with her amazing acting skills, gave many hits, paid her taxes, nothing personal here, it’s about exchange of service. She is a strong, talented women. A cancer survivor, example to many n standing up for the truth. Period! #ahesanfaramoshjournalist
यसैगरी अभिनेत्री पुजा शर्माले पनि मनिषाले अभिनयकै कारण दर्शकको मन जितेको र बलिउडमा आफ्नो पहिचान बनाउन सफल भएको लेखेकी छिन् । सामाजिक सञ्जाल मार्फत मनिषा पक्षमा विचार राख्दै उनले मनिषाले मातृभूमिको बारेमा बोल्दा भारतीय मिडियाले रोइलो गरिरहेको तर्फ पनि संकेत गरेकी छिन् । उनको पोष्ट यस्तो छ :-
आफ्नो व्यक्तित्व र अभिनयका कारण विश्वकै मन जित्न सफल नायिका मनिषा कोइरालाले नेपाली भूमिको बिषयमा टिप्पणी गर्दा भारतीय मिडिया रोइलो गरिरहेका छन् । तर, उनीहरुले सत्यता के हो भनेर केलाएर समाचार बनाउने र खोजी गर्ने चेष्टा गरेनन्, यो दुखको कुरा हो । मनीषा दिदीले भारतको नुन भिख मागेर खानुभयको हैन आफ्नो कलाकारितामा उभियर खानुभयको हो मनीषा दिदीको योगदानलाई लत्याउदै उल्टै अपशब्द बोल्ने मिडीया प्रति टीठ लागेर आयो | नेपालीहरु काम र कर्मको सिलसिलामा सन्सारभर होलान तर जब देश र आफ्नो जमीनको कुरा हुन्छ तेतीबेला देशकै पक्षमा बोलीन्छ जन्मदिने आमालाई पराई ठानेर आफ्नै आमाको अङ्ग लुच्छने पराईलाई आमा भन्न सकिदैन चेतना भया | अर्को दुःख यसमा लागेको छकी भारतीय मिडीयाले नेपाल र मनीषा दिदीको बारेमा ठुलो ठुलो स्वरमा नानाभती भनीरहदा नेपालका मिडीयाहरुले खासै आवाज उठाउन सकेनन्🙏🙏🙏🙏
अभिनेत्री वर्षा राउतले पनि मनिषाले मातृभूमि माथिको हस्तक्षेप सहन नसकेको उल्लेख गरेकी छिन् । सामाजिक सञ्जाल मार्फत उनले भारतीय मिडियाले गरेको आक्रमण र अपमानको सम्पूर्ण नेपाली चलाचित्रकर्मीले बिरोध गर्न जरुरी रहेकोमा जोड दिएकी छिन् । उनले मातृभूमी र स्वाभिमान प्रतिको हस्तक्षेप कदापि स्वीकार्य नरहेको पनि उल्लेख गरेकी छिन् । उनको पोष्ट यस्तो छ :-
पसीना बेच्न सकिन्छ, आमा होईन ! मनीषा कोईराला दीदिले आफ्नो आमा माथी हस्तक्षेप सहनु भएन, त्यसैले उहाँले आफ्नो अपमान सँग नडराई मातृभूमीको सम्मान मा उभिनु भयो । आज भारतीय मिडियाले उहाँमाथी गरेको आक्रमण र अपमानको हामी सम्पूर्ण नेपाली चलाचित्रकर्मीले बिरोध गर्न जरुरी छ र मनीषा दीदीको स्वाभिमानलाई अझै मझबुत बनाउन साथ दिन जरुरी छ । हाम्रो मातृभूमी र हाम्रो स्वाभिमान प्रतिको हस्तक्षेप कदापि स्वीकार्य छैन । #iamwithmanishakoirala #wearewithmanishakoirala











