२० करोडमा तयार भयो ‘२.०’ को गीत (भिडियो)

टलिउड । यसवर्षकै ठुलो फिल्म ‘२.०’ को नोभेम्बर लास्टमा रिलिज हुदैछ । फिल्म रिलिजको लागि झन्डै एकसाताको समय बाकी रहदा यसको चर्चा बढ्दो छ । एसियाकै महँगो फिल्म भनिएकोले पनि यसलाई दर्शकले प्रतिक्षा गरिरहेका छन् भने यो रोबर्टको सिक्वेल पनि हो । रजनिकांत, अक्षय कुमार , एमी ज्याक्सन लगायतको अभिनय रहेको फिल्मलाई निर्देशक शंकरले निर्देशन गरेका छन् ।

फिल्म युनिटले ‘तुहि रे’ बोलको गीत सार्वजनिक गरेको छ । गीतमा रजनिकांत र एमी फिचर्ड छन् । यसमा यी दुई रोबर्टको रोमान्सलाई देखाइएको छ । यसमा अब्बास टाएरवालाको शब्द रहेको छ भने यसमा संगीत ए आर रहमानले दिएका छन् । यसमा अरमान मल्लिक र शशा तिरुपतिले स्वर दिएका छन् । यसगीतको लागत २० करोड भनिएको छ ।

यस अर्थमा यो गीत भारतीय सबैभन्दा महङ्गो गीत बनेको छ । एस शंकरको निर्देशनमा तयार भएको फिल्ममा सन् २०३० पछिको कथालाई देखाइने छ । पहिलो भागमा नष्ट गरिएको ‘२.०’ लाई विशेष कारण पुन सुचारु गरिने कथानै यसमा देखाइनेछ । लाइका प्रोडक्सनले यसलाई आउदो नोभेम्बर २९ मा रिलिज गर्ने घोषणा गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्