सात फिल्म रिलिज घोषणा

फिल्म । भारतमा लकडाउन लम्बिन थालेपछि निर्माण भएका ठुला स्टारका फिल्महरुले समेत डिजिटल प्लेटफर्म रोज्ने भएका छन् । प्रदर्शकलाई तनाव थपिने गरि बलिउडका सात ठुला फिल्मले रिलिज घोषणा गरेका छन् । हलमा सय करोडभन्दा धेरै कमाइ गर्न सक्ने फिल्महरुले डिजिटल माध्यमबाट रिलिज गर्ने घोषणा गरेका हुन् ।

सोमबार बलिउडका कलाकारहरूले भिडियोमार्फत आफ्ना फिल्मको पोस्ट सार्वजनिक गर्दै रिलिज घोषणा गरेका हुन् । वरुण धवनको संयोजकत्वमा नायकहरू अक्षय कुमार, अजय देवगण, अभिषेक बच्चन, नायिका आलिया भट्टले आफ्नो फिल्मको पोस्टर सार्वजनिक गरे ।

नायक अक्षय कुमार अभिनित ‘लक्ष्मी बम्ब, अजय देवगण र नायक सञ्जयदत्त अभिनित ‘भुज’, नायिका आलिया भट्ट अभिनित ‘सडक २’, नायक अभिषेक बच्चन अभिनित ‘दि बिग बुल’ डिजिटल रिलिज हुने भएका छन् । यस्तै, ‘लुटकेस, खुदा हाफिज, दिल बेचरा’ पनि डिजिटल रिलिज हुने भएको छ । यी सातै वटा डिज्ने प्लस हटस्टारबाट रिलिज हुने भएका छन् ।यसको सुरुवात सुशान्त सिंह अभिनित अन्तिम फिल्म ‘दिल बेचारा’ बाट हुदैछ । फिल्म जुलाइको २४ तारिखमा रिलिज हुँदैछ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्