‘ठग्स अफ हिन्दोस्तान’ मा एक्टर मात्र होइनन् अमिताभ

बलिउड । यतिबेला बलिउड ‘ठग्स अफ हिन्दोस्तान’ मय बनेको छ । यसवर्षकै सर्वाधिक कमाउने फिल्म बन्ने अनुमान धेरै गरिरहेका बेला यसको निर्माण कम्पनि यशराज फिल्म्सले भने रेकर्ड बनाउने सोचमा छन् । यस फिल्मले बनाएको रेकर्ड अन्य फिल्मले सहजै नतोडोस भन्ने मनसायका साथ् यशराज फिल्म्सले प्रचारप्रसारलाई तिब्रता दिएका छन् ।

यसैक्रममा फिल्मका कलाकार मध्येका एक अमिताभ बच्चन , फिल्ममा एक्टर मात्र नरहेको खुलासा भएको छ । फिल्मको एक गीतका लागि अमिताभले स्वर पनि दिएका छन् । अर्थात् फिल्ममा उनि गायक पनि हुन् । पछिल्लो समय धड़कमा संगीत दिएसँगै बलिउडमा परिचित भएका संगीतकार अजय अतुलले अमिताभकै स्वर पर्फेक्ट हुने भनेपछि बच्चनले पनि सहमति जनाएका थिए ।

सुरुवाती समयमा यो झन्डै १ मिनेटको मात्र थियो तर अब यसको लम्बाई बढाइएको छ । फिल्ममा अमिताभसँगै आमिर खान , कट्रिना कैफ , फातिमा साना शेख लगायतको अभिनय रहेको छ भने यसलाई विजय कृष्णा आचार्यले निर्देशन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्