सम्राटको देउसी भैलो गीत (भिडियो)

संगीत । निर्देशक सुमन दाहाल पछिल्लो समय आफ्नो छोरा सम्राट दाहाललाई कला , संस्कृतिसँग जोडिएका विभिन्न गतिविधि मार्फत अगाडी ल्याउदैछन् । सम्राटले केहि गीतमा स्वर दिईसकेका छन् भने मोडलिङ पनि गरेका छन् । यिनै सम्राटको नयाँ गीत सार्वजनिक भएको छ । आउदै गरेको चाड तिहारलाई लक्षित गर्दै उनको देउसी भैलो गीत सार्वजनिक भएको हो ।

गीतमा संकलन मोहन दाहालको रहेको छ भने यसमा संगीत सरोज प्याकुरेलले दिएका छन् । यसमा स्वर आयुष केसीको रहेको छ भने भिडियोमा सम्राट फिचर्ड छन् । गीतको भिडियोमा छायांकन सुजिता सिटौला , सम्पादन सुरेश राउत र निर्देशन सुमनको रहेको छ ।

कमेन्ट गर्नुहोस्