कन्सर्टमा व्यस्त अनिल

म्युजिक न्युज , गीतसंगीतमा अनिल सिंहको आफ्नै छुटै पहिचान छ । विशेष गरि पप गायनमा उनको नाम अगाडी नै आउने गर्छ । झन्डै डेढ दशक अगाडी मात्र फर्किने हो भने उनले गाएका गीतसंगीतमा नझुम्ने कमै थिए , जसमा अहिले पनि कमि पाएको छैन । उनले गीत गाउदै गर्दा आफुलाई स्थिर बनाउन सक्ने संगीत प्रेमी दर्शकनै छैनन् भन्दा पनि फरक पर्दैन किनकी उनको गायन शैली र गीत नै त्यस्तै छ ।

आफै गाउने र कम्पोज गर्ने अनिल छिटै नेपाल टुर गर्दैछन । ‘केहि समय ब्रेक जस्तो भयो अब देश भित्र र बाहिरको टुर अन्तर्गत फेरी दर्शक तथा श्रोता समक्ष पुग्दैछु’ अनिलले एक भेटमा बताए । केहि दिन अगाडी मात्र उनि कन्सर्टकै लागि युएईको अबुधाबी पुगेका थिए । एक साताकै तयारीमा थालिएको कार्यक्रममा दर्शकको चाप अत्यधिक भएपछी आयोजकले तुरुन्तै ठुलो हलमा कार्यकक्रम सारेको थियो ।

‘पहिला तिन सय दर्शक अट्ने क्षमताको हलमा कार्यक्रम आयोजना गरिएको थियो तर दर्शक एक हजार भन्दा बढी भएपछी हल सारिएको हो’ अनिलले उत्साहित हुदै भेटमा सुनाए ‘देश विदेशको कन्सर्ट र दर्शकसँगको भेटघाटले मलाइ पहिलेक उर्जा दिईरहेको छ , अब छिटै नयाँ गीतसंगीत पनि ल्याउछु ।’ उनले यतिबेला आफु नेपाल टुरको तयारीमा रहेको बताए ।

‘अहिले नेपाल टुरको तयारीमा छु , त्यस लगतै अस्ट्रेलिया टुर छ’ अनिलले यस पटक अस्ट्रेलियाको ६ भन्दा बढी शहरमा कन्सर्टमा प्रस्तुत हुने बताए । उनि पहिला सिड्नीमा मात्र पुगेका थिए । उनको आइ लभ यु , प्रेम पत्र , डुब्न देउ , इन्जिन गाडीमा , प्रेमिका , मैले जानी सके लगायतका दर्जन बढी गीत सुपरहिट छन् ।

कमेन्ट गर्नुहोस्