रोडिजमा पनि दोहोरिए निर्णायक

काठमाण्डौ , अघिल्लो सिजनको सफलतापछी आउदो वर्ष पनि ‘हिमालय रोडिज’ ले निरन्तरता पाउने भएको छ । १८ वटा एपिसोड प्रशारण गर्ने योजनाका साथ घोषणा गरिएको रोडिजमा ५ एपिसोडमा अडिसन राउण्ड हुनेछ भने बाकीमा प्रस्तिप्रधा देखाइनेछ ।

निर्देशक अमन प्रताप अधिकारीले यसपटक अझै भिन्न तरिकाले शो हुने बताएका छन् ।‘वाइल्ड वाइल्ड वेष्ट’को थिममा यसपटक ‘रोडिस’ प्रशारण उनले प्रस्ट्याए । यसमा गतबर्षकै निर्णायकहरु दिया मास्के, आशिष राना ‘लाहुरे’ र रेमनदास श्रेष्ठ निर्णायकको रुपमा रहनेछन् ।

त्यसो त गायन रियालिटी शो ‘नेपाल आइडल’ मा पनि अघिल्लो वर्षकै निर्णायकले निरन्तरता पाएका थिए । १८ बर्ष भन्दा माथिको उमेरका सबैले यो शोका लागि अडिसन दिन सक्नेछन् । हिमालय टेलिभिजनमा यो शो विश्वकप फुटबल पश्चात प्रशारण हुनेछ । विजेताले नगद २० लाख पुरस्कार समेत पाउनेछन् ।

कमेन्ट गर्नुहोस्