फिल्म । मोफसल ईटहरीबाट संचालित पुर्वको कला र मनोरञ्जनको एक मात्र डिजिटल मिडियाको रुपमा परिचीत डिथ्री अनलाइनले औपचारिकताको पहिलो वर्ष पूरा गरेको छ । गतवर्षको बैशाख १३ डिथ्री अनलाइनले एक भब्य कार्यक्रमको आयोजना गरि वार्षिकोत्सब मनाएको हो । वार्षिकोत्सब कार्यक्रमबाट ५ जना कला क्षेत्रका ब्याक्तित्वहरु सम्मानित समेत भएका छन् । १६ वर्षको उमेरदेखि नेपाली फिल्म क्षेत्रमा अनवरत रुपमा लागिरहेका नायिका संचिता लुइँटेल, मोफसलबाट कलाकारितालाई काफ्नो कर्मथलो बनाउदै फिल्महरुमा आफ्नो अभिनय प्रस्तुत गरेका नायक तथा कलाकार माधब केसि सम्मानित भएका हुन् ।
यसैगरी ईन्डियाको टेलिभिजन जिटिभीबाट प्रसारण हुने चर्चित गायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स’मा पुगेर आफ्नो कला र गलालाई प्रस्तुत गर्दै सबैको प्रिय बनेका ईटहरी स्थायी घर भएका प्रीतम आचार्य, ईटहरीबाट कला ब्यावसयको रुपमा ‘मार्टिना मेकअप स्टुडियो’ स्थापना गरि छोटो समयमा सफलता हासिल गरेकी उर्बि श्रेष्ठ र रङ्ग पत्रकारितामा बिगत लामो समयदेखि खटीरहेका दन्तकाली एफ एम धरानका कृष्ण भुजेल सम्मानित भएका हुन् । सम्मानित सम्पूर्णले यसले आफ्नो कर्ममा थप दायित्वलाई बढाएको बताएका छन् ।










