बिक्रमको ‘गल्ती’ मा आशिरमान र स्वस्तिमा (भिडियो)

संगीत । पछिल्लो समय फिल्ममा नदेखिएको जोडीलाई दर्शकले म्युजिक भिडियोमा देख्न पाइरहेका छन् । यसैक्रममा आशिरमान डिएस जोशी र स्वस्तिमा खड्का एक म्युजिक भिडियोमा देखिएका छन् । फिल्ममा समेत सम्भावित जोडिरहेका आशिरमान र स्वस्तिमाको जोडी अनस्क्रिन कस्तो देखिक्छ ? यो जिज्ञाषा सार्वजनिक ‘गल्ती’ भिडियोले सहजै मेटाउनेछ । प्रदीप चापागाईको शब्द र कल्याण सिंहको म्युजिक रहेको गीतलाई बिक्रम बरालले गाएका छन् ।

नेपाल आइडल सिजन २ का प्रतियोगी बिक्रमले स्वर दिएको गीतमा गल्तीले जीवनमा ल्याउने परिणामलाई देखाइएको छ । आशिरमान र स्वस्तिमाको प्रेममय जीवनमा एक गल्तीका कारण हुने अवस्थालाई चित्रित गरिएको भिडियोमा बुद्ध थापाको छायाँकन रहेको छ भने यसलाई बिकाश धमलाले सम्पादन गरेका हुन् । गीतलाई निकेश खड्काले निर्देशन गरेका छन् । उनले गीत मार्फत गर्न नहुने गल्तीलाई चित्रण गरिएको बताए ।

कमेन्ट गर्नुहोस्