संगीत । बुधवार साँझ एकाएक मिडियामा खबर आयो गायक रामकृष्ण ढकालको दाम्पत्य जीवनको बारेमा । उनकै श्रीमती निलम शाह ढकालको निवेदनमा यी दुइको सम्बन्ध विच्छेद भएको खबर एकाएक भाइरल भयो । केहि समयसम्म राम कृष्णले त्यो फेक रहेको प्रस्ट्याए पनि पछि मोबाइल अफ गरे । त्यसपछि खबरमा सत्यता रहेको आभाष सबैले गरे । किनकी उनको सम्बन्धमा अदालतले सुनाएको निर्णयसंगै दिइएको निवेदन समेत सार्वजानिक भयो । जहाँ उनको , श्रीमती निलम र छोरी रानीको नाम पनि छ । तर , राम र निलमले फेसबुक मार्फत खबरमा सत्यता नभएको स्टाटस लेखि रहेका छन । रामले केहि समय आगाडी मात्र पनि आएको खबरलाई खण्डन गरेका छन् ।
श्रीमती नीलम शाहसँग गायक रामकृष्ण ढकालको १६ बर्षे बैवाहिक सम्बन्ध विच्छेद सहमतीको खबरले नेपाली सञ्चारमाध्यम तातिरहेका बेला फेरी अर्को ट्वीष्ट आएको छ ।डिभोर्सको समाचार सार्वजनिक भए लगत्तै गायक ढकालले हाम्रो सम्बन्ध कसैले पनि तोड्न सक्दैन भन्ने एक लाईन स्टेटस जारी गरेपनि उनको डिभोर्सको खबर झन झन चर्किदै गर्दा उनले फेरी पनि आज लामो स्टाटस सार्वजनिक गरेका हुन । उनले आफ्नो श्रीमतीलाई विभिन्न लालछना लगाईएको बिषयमा आपत्ती जनाउँदै उनले आफूहरु अहिले पनि सँगै रहेको स्पष्टीकरण सहित यस्तो म्यासेज पुनः सार्वजनिक गरेका हुन ।
गायक ढकालको स्टाटस
मैले आफुले आफ्नो बोध भए देखि नै गाउँन थालेको हुँ । कति गाए त्यो अंकमा गनेको पनि छैन। जिवनको यो लामो अन्तरालमा मैले कति दर्शक र श्रोता कमाए भन्ने कुराको कहिल्यै लेखाजोखा गरिन तर समय यस्तो ठाउँमा आएर अडिदियो कि हिजो देखि नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शिर्ष समाचार बानाएदेखि मलाई मेरा आफ्ना आलोचक र प्रशंसक कति रहेछन भन्ने कुराको आभाष भएको छ। सम्पुर्ण दर्शक श्रोता प्रति सधै कृतज्ञ छु र रहिरहनेछु। पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन संगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन त्यसैले समाचारलाई विश्वास गरि मेरो परिवार प्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु।
विशेष गरि मेरी श्रीमती निलमलाई जोडेर एक महिला प्रतिको न्युनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरि प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गर्द्छु ।
सार्वजनिक चासोको विषय बन्दा बन्दै पनि सबैका आ-आफ्नै पारिवारिक विषय हुन्छन जुन नितान्त व्यक्तिगत हुन्छन । व्यक्तिगत विषयमा टिप्पणी त्यसमा पनि नकारात्मक तरिकाले गर्दा समाचारको केन्द्र बन्ने व्यक्तिलाइ कति मानसिक असर पर्छ भन्ने कुरा सबैले सोच्नु पर्ने विषय हो। यसर्थ म प्रती चासो देखाउनु हुने मेरा सम्पुर्ण दर्शक र श्रोतालाई यति कुरा प्रष्ट पार्न चाहान्छु कि आज म जे छु त्यो सबै तपाई सम्पुर्ण दर्शकर श्रोताका कारण छु तर नेपाली गित संगीत क्षेत्रमा मलाइ अनवरतरुप मा हिडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरि श्रीमती निलम हुन् ।
हामी सँधै झैँ हाँसी खुशी परिवारमा संगै छौँ। हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन। आशा छ तपाईहरुको माया रहिरहने छ। सबैको दिन शुभ रहोस
उनले यस्तो पोष्ट गरेपछि झनै ट्विस्ट थपिएको छ । आखिर उनले डिभोर्स नगरेको भए त्यो प्रमाण के त ? यी विविध जिज्ञाषा पैदा भएका छन् । यसका साथै उनले आफ्नो समस्याको कारण कागजी मात्र डिभोर्स गरेको हुन् सक्ने अनुमान समेत गर्न थलिएको छ । तर , यस विषयमा ढकालले बोल्न चाहेका छैनन् ।










