सुवासको ‘तिमि सँगै’ मा रोहन र प्रियाना

संगीत । गायक सुवास ढुङ्गानाको आवाजमा ‘तिमि सँगै’ भन्ने गितको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सुन्य प्रकाशको शब्द र हरि लम्सालको संगीत रहेको गीतको भिडियो सुवास ढुङ्गाना अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

अर्को प्रोडक्सनद्वारा निर्मित भिडियोमा रोहन नेपाली र प्रियाना आचार्यको अभिनय रहेको छ । उक्त भिडियोका निर्देशन र कोरियोग्राफि रामजी लामिछानेको रहेको छ । गीतको भिडियोमा बन्दे प्रसादको सम्पादन, मानकृष्ण महर्जनको छायांकन र राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ ।

कमेन्ट गर्नुहोस्