‘मैझारो’को ट्रेलरमा देखिए दया

फिल्म । विल्सन बिक्रम राई (तक्मेबुढा)को लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मैझारो’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक तीन मिनेट ४९ सेकेन्ड लामो ट्रेलरमा प्रेमका लागि गरिएको संघर्ष र उत्पन्न समस्यालाई चित्रण गरिएको छ । यसमा मुख्य कलाकार धीरज मगर, मिरुना मगर, दिया पुनदेखि दयाहाङ राईसम्म देखिएका छन् ।

निर्देशक विल्सन आफैं पनि अभिनयमा देखिएका छन् । निर्देशक राईकै कथा रहेको यो फिल्म पूर्वको इलाम र पाँचथर आसपास छायांकन गरिएको हो । तक्मे प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा धीरज र मिरुनाका साथमा दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुष्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङ्देन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय छ ।

फिल्मका गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत तथा राजेश पायल राई, झुमा लिम्बू, मेलिना राई र अस्मिता अधिकारी लगायतको गायन छ । सौरभ लामाको छायांकन रहेको फिल्मको वितरण आरआर फिल्म्सले गरेको छ भने डिजिटल अधिकार ओएसआरले लिएको छ । यो फिल्म तिहारको भाइटीका अर्थात् कात्तिक ७ गतेदेखि अल नेपाल रिलिज हुँदैछ ।

कमेन्ट गर्नुहोस्