द्वन्द संघमा प्रधानको नेतृत्व

0 Shares

फिल्म । नेपाली फिल्ममा देखिने द्वन्दका दृश्यमा अभिनय गर्ने कलाकारहरु तथा निर्देशकहरुको छाता संगठन नेपाल चलचित्र द्वन्द संघको पाँचौ वार्षिक साधारण सभा तथा अधिवेशनले सर्वसम्मत रुपमा नारायण प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उनको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्षमा रेवन्त विक्रम थापा, दृतिय उपाध्यक्षमा रोशन गुरुङ, महासचिव पुण्य प्रसाद ओझा र कोषाध्यक्षमा रुका लामा निर्विरोध चयन भएका छन् ।

यस्तै , कार्यसमिति सदस्यहरुमा दीलिप श्रेष्ठ, लक्ष्मी कुमारी दाहाल (किरण), रविन्द्र खड्का, सञ्जय थापा, विश्वराज घिसिङ, सम्राट बस्नेत, श्री श्रेष्ठ, पेमा लामा र रोहित थापा छानिएका छन् । यस कार्यसमितिले २ वर्ष द्वन्द संघको नेतृत्व गर्नेछ । संघका निवर्तमान अध्यक्ष सुर्य थोकर हुन् भने संस्थापक अध्यक्ष राजेन्द्र खड्गी हुन् ।

कमेन्ट गर्नुहोस्