फिल्म । ऋषि लामिछानेको निर्देशनमा बनेको फिल्म ‘माग्ने राजा’ले ‘यूनिभर्सल सर्टिफिकेट’ प्राप्त गरेको छ । केन्द्रीय चलचित्र जाँच समितिले जाँचपासका लागि फिल्म हेरेपछि दिएको प्रमाणपत्रसँगै हरेक उमेर समूहका दर्शकले फिल्म हेर्न पाउनेछन् ।
मुनाल घिमिरेले निर्माण गरेको यो कमेडी जनराको फिल्ममा केदार प्रसाद घिमिरे, वर्षा सिवाकोटी, विल्सन विक्रम राईलगायतका कलाकारको अभिनय छ । फिल्मको टिजर, ट्रेलर र गीत–संगीतले दर्शकको मन जितिसकेको छ । निर्माण पक्षका अनुसार, ‘माग्ने राजा’ले हाँसोमात्र होइन, शक्तिशाली सन्देश पनि दिनेछ । भदौ ६ बाट रिलिज हुने यो फिल्मले दर्शकको साथ पाउने अपेक्षा गरिएको छ ।
कमेन्ट गर्नुहोस्












