‘कमेडी दरबार’ टिमद्वारा फिल्म ‘क का कि की’ निर्माण घोषणा

फिल्म । टेलिभिजन हास्य शो ‘कमेडी दरबार’ को टिमले फिल्म निर्माणमा कदम राख्ने भएको छ । सोमबार टिमले ‘क का कि की’ को थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेको छ । पोस्टरअनुसार फिल्ममा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र महेश त्रिपाठी मुख्य भूमिकामा छन् । टिकटकर मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना र सीडी विजय अधिकारीको विशेष भूमिका रहनेछ ।

पोस्टरमा देखाइएका कलाकारको भाव, फिल्मको शीर्षक र निर्माण टिमको शैलीले यो पूर्ण कमेडी जनराको फिल्म हुने संकेत गर्छ । फिल्मको निर्देशन विक्की अग्रवाल र श्रद्दा प्रसाईंले संयुक्त रूपमा गर्नेछन् । माया इन्टरटेन्मेन्ट स्टुडियोको ब्यानरमा बन्न लागेको यो फिल्मको निर्माता श्रद्दा प्रसाई र सुमित्रा थापा छन् ।

पटकथा विक्की अग्रवालले लेखेका छन् भने कथा विक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीले तयार गरेका छन् । छायांकन निर्देशकमा सुदिप बराल छन् ।

फिल्मको वितरण श्री वेंकटेशले, अन्तर्राष्ट्रिय वितरण सेवन सिज इन्टरनेशनलले र डिजिटल अधिकार ओएसआर डिजिटलले लिएका छन् । छायांकन आगामी दसैंको टिकाको भोलिपल्टबाट सुरु हुनेछ ।

निर्देशक विक्की अग्रवालले फिल्मी करिअर सुरु गर्न पाउनुलाई ठूलो अवसर का रुपमा लिएका छन् । ‘क का कि कीको यो यात्रामा दर्शकको साथ पाउनेमा हामी विश्वस्त छौं। ‘कमेडी दरबार’ टिमको उद्देश्य टेलिभिजनसँगै हलमा पनि दर्शकलाई हँसाउनु हो’, निर्देशक अग्रवालले भने ।

कमेन्ट गर्नुहोस्