सङ्गीत । तीज पर्व नजिकिँदै गर्दा लोकप्रिय गायिका समिक्षा अधिकारीको स्वरमा नयाँ तीज गीत ‘माइतीको दैलो’ सार्वजनिक भएको छ। गीतमा समिक्षासँगै मदन ढकाल, बिमला ढकाल र लक्ष्मी बस्नेतको स्वर रहेको छ।
मदन ढकालको प्रस्तुतिमा बनेको यो गीतलाई तीजको कोसेलीका रूपमा दिदीबहिनीका लागि ल्याइएको गायक ढकालले बताए। गीतमा मदनकै शब्द, घनश्याम खत्रीको सङ्गीत र अनमोल बस्नेतको सङ्गीत संयोजन छ। मिक्सिङ बिमल छिनालले गरेका छन्।
गोरखामा छायाङ्कन गरिएको गीतको भिडियोमा उषा सुवेदी, घनश्याम खत्री, बिनोद बिके, गीता परियार र मन्जु पाण्डेको अभिनय छ। मरुभूमि नारायणले खिचेको भिडियोलाई रोशन धितालले सम्पादन गरेका छन् भने निर्देशन र कथा मदन ढकालकै छ।
भिडियोमा एक चेलीले श्रीमानको मृत्युपछि माइतीमा आफ्नो अवस्था सुनाएको कथा प्रस्तुत गरिएको छ। गीत टिएम म्युजिक प्रोडक्सनको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।










