फिल्म । निर्देशक तथा निर्माता सिमोश सुनुवारले आफ्नो पछिल्लो फिल्म ‘जन्ते बाख्रो’ को प्रचारप्रसारका क्रममा फिल्म ‘हात्तीछाप’ बारे मुख खोलेका छन् । उनले ‘हात्तीछाप’ को निर्देशन गर्दा आफू पूर्ण रूपमा तयार नरहेको बताएका छन् ।
‘हामीसँग समय निकै कम थियो। कथा र पटकथामा छलफल गर्ने क्रममै निर्माताले मलाई छायांकनमा जानुपर्ने दबाब दिनुभयो। म तयार छैन भन्दा पनि छायांकनमा नै अन्य तथ्यलाई मिलाउने कुरा भयो। सोही कारण हामीले फिल्म राम्रो बनाउन सकेनौँ’, सिमोशले भने ।
उनले मुख्य कलाकार सौगात मल्ल र दयाहाङ राईको समय एकसाथ मिलाउन कठिनाइ भएकाले पूर्ण रूपमा पटकथा तयार नभए पनि छायांकन सुरु भएको बताएका छन् । कलाकारको समय मिलेपछि निर्माताले फिल्मको छायांकन सुरु गर्न दबाब दिएको र सोही कारण फिल्म सोचेअनुसार नबनेको उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्










