‘जारी’को छायांकन सुरू

फिल्म । विसं २०८० सालको ब्लकबस्टर्स फिल्म ‘जारी’ सिक्वेलको छायांकन सुरू भएको छ । आगामी दसैँमा प्रदर्शन पनि तय गरिएको फिल्मको छायांकन पाँचथर आसपास क्षेत्रबाट सुरू गरिएको हो । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको ‘जारी २’ मा अभिनेता दयाहाङ राई, विजय बराल र अभिनेत्री मिरुना मगर मुख्य भूमिकामा रहेका छन् ।

यी बाहेक ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहनेछ । ‘जारी’ कै कथालाई निरन्तरता दिने निर्देशक सुब्बाले बताएका छन् । उनले नामको मात्र नभई कथासँग जोडिएकाले नै सिक्वेल बनाउन लागेको बताए ।

उनले भने,‘जारी सकिएको सातवर्षपछिको टाइमफ्रेमको कथालाई तयार गरिएको छ । यो नामको मात्र नभई कथाकै निरन्तरता हो ।’ बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यारमा निर्माण भइरहेको फिल्म ‘जारी २’ लाई रामबाबु गुरुङले निर्माण गरेका हुन् । ‘जारी’ बाट निर्देशक सुब्बा र निर्माता गुरुङको सम्बन्ध चिसिएको चर्चा चलेको थियो । तर सिक्वेल निर्माण गर्ने बेलासम्म यी दुईको सम्बन्ध हार्दिक भईसकेको छ ।

कमेन्ट गर्नुहोस्