सुदिप र शान्तीश्री भन्दैछन् ‘केही भनेकै छैन’

सङ्गीत । लोकदोहोरी गायक सुदिप अधिकारी र गायिका शान्ती श्री परियारको सुमधुर आवाजमा नयाँ लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत स्वयं सुदिप अधिकारीकै रहेको छ भने संगीत संयोजन कमल सौरागले गरेका छन् । कुमार राना मगरले गीतको मिक्सिङ र मास्टरिङको काम सम्हालेका छन् । खुमन राना र सुमन रानाले यस गीतलाई रेकर्डिङ गरेका हुन् ।

‘केही भनेकै छैन’ को भिडियो पनि निर्माण गरिएको छ, जसमा ओवी रायमाझी र जुना विश्वकर्माको अभिनय देख्न सकिन्छ । सुदीप बरालले भिडियो खिचेका हुन् भने मनोज कार्कीले यसको सम्पादन गरेका छन् । गाउँले परिवेशलाई सुन्दर ढंगले प्रस्तुत गरिएको भिडियोमा ग्रामीण भेगको जनजीवनलाई चित्रण गरिएको छ ।

कमेन्ट गर्नुहोस्